आलिताललाई म्युजिक भिडियो मार्फत विश्वसामु चिनाउन सफल युवा निर्देशक नबिन बिष्ट

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको डडेल्धुरामा रहेको चर्चित पर्यटकीय क्षेत्र हो, आलिताल । आलिताल गाउँपालिकाले उक्त पर्यटकीय क्षेत्रलाई संगित मार्फत दुनियाँसामु पुर्याउने उदेश्यले सोही गाउँपालिकामा जन्मिएका सफल युवा निर्देशक नविन बिष्टको निर्देशनमा ‘हाम्रो आलिताल’ बोलको गित सार्वजनिक गरेका हुन् ।
युवा निर्देशक विष्टको निर्देशनमा तयार भएको हाम्रो आलिताल बोलको गितमा गौरी भट्ट र भानुभक्त जोशीको आवाज रहेको छ भने, शब्द संगित महेश कुमार महराले दिएका छन् । साथै, सो म्यूजिक भिडियोको छयाकंन दिपक गिरीले गरेका हुन् ।

डडेल्धुरा जिल्लाको आलितालमा जन्मिएका युवा निर्देशक नबिन बिष्टले म्युजिक भिडियो मार्फत आफ्नो जन्मभुमीका विभिन्न पर्यटकीय ठाँउहरुलाई विश्वसामु देखाउन पाउदा एकदमै खुशी मिलेको बताए ।
हाम्रो आलिताल बोलको उक्त म्युजिक भिडियो मंगलबार साझ ६ बजे ‘निरन्तर मिडिया’ यूट्यूब च्यानल मार्फत सार्वजनिक निर्देशक बिष्टले बताए ।













