दुई तिहाईको ओली सरकार असुरक्षित ! ज्ञानेन्द्र शाह, गगन थापा र रविका दूत एकैसाथ लखनऊमा

१३ पुष २०८१, शनिबार १९:०४

काठमाडौं । दुई दिन पहिले नेपाली कांग्रेसका महामन्त्री गगन थापा भारतको लखनऊ पुगेको समाचार बाहिर आएपछि नेपालको कोर–राजनीतिभित्र तरंग पैदा भएको छ । कतिपयले ज्ञानेन्द्र शाहसँग भेट गर्न भएको भनेर दावी गरेपनि नेपाली कांग्रेसका महामन्त्री थापा आफैले भने लखनऊ भ्रमण बिशुद्ध पारिवारिक भन्ने तथ्यसहितको समाचार बाहिर पठाएका छन् ।

यस पटक ज्ञानेन्द्र शाह गत साताको सुरुमै लखनऊ पुगेका थिए । लगत्तै गगन थापा समेत लखनऊ पुगेको खवर बाहिर आयो । बीमापोष्टलाई प्राप्त सूचनामा हाल केपी ओली सरकारले प्रतिशोध साँधेर जेल हाल्ने तयारी गरिरहेका रास्वपाका अध्यक्ष रवि लामिछानेकी पत्नी निकिता पौडेल समेत यही साता लखनऊमा देखिएको घटनाले नेपालको राजनीतिभित्रको राजनीतिक बृत्तलाई तरंग उत्पन्न गराएको हो ।

लखनऊ पुगेका कांग्रेसका महामन्त्री थापा हिजो स्वदेश फर्किसकेका छन् भने पूर्व राजा ज्ञानेन्द्र शाह अझै लखनऊमै रहेका छन् । उनी अझै केही दिन उतै बस्नेछन् । स्मरणरहोस्, केही अघि माओवादी अध्यक्ष प्रचण्ड समेत खुसुक्क लखनऊ पुगेर फर्केका थिए । प्रचण्ड पुगेका बेला ज्ञानेन्द्र शाह भने त्यहाँ पुगेका थिएनन् ।

लखनऊमा रवि पत्नी निकिता र गगनबीच भेटवार्ता भएको बिशेष सूत्रले जनाएको छ । रवि लामिछाने र गगन थापाबीच पुरानो सम्बन्ध निकै घनिष्ठ रहेको र अहिले गगन भन्दा पनि केपी ओलीले रविका विरुद्धमा चर्को षडयन्त्र गरिरहेको सन्दर्भमा गगन थापा र निकिता पौडेलबीच लखनऊमा भेटवार्ता भएको हो । पूर्व राजालाई मुख्यमन्त्री आदित्यनाथले बिशेष सम्मानसहित आतिथ्यता ग्रहण गराइरहेका बेला गगन थापा पनि लखनऊ पुग्नुलाई बिशेष रुपमा हेरिएको छ ।

दुई तिहाई बहुमतसहित सञ्चालन भइरहेको केपी ओली नेतृत्वको सरकार इतिहासकै कमजोर बन्न पुगेको देखिएको छ । माफियाले सरकार चलाउन थालेपछि सरकार समेत कमजोर देखिन पुगेको छ । एकातिर माओवादीलाई संसदबाट लखेट्ने, नयाँ शक्तिका रुपमा आएको रवि लामिछानेलाई जेलमा कोच्ने गर्दै आएको समयमा सत्ता गठबन्धनको मुख्य दल नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापाल र २०६४ जेठ १५ गतेदेखि नेपालको राजनीतिबाट किनारा लगाइएका पूर्व राजा ज्ञानेन्द्र शाह एकै साथ लखनऊमा देखिनुलाई नयाँ राजनीतिक कोर्स सुरु हुन लागेको रुपमा समेत हेरिएको हो ।

नेपाली कांग्रेसको टाउको मात्रै एमालेसँग जोडिनु शरिर सबै माओवादीसँग मिसिएको आजको यथार्थ चित्रले सत्ता गठबन्धन कुनै पनि बेला संकटमा पर्न सक्ने देखिन आएको चर्चा राजनीतिक बृत्तमा चलिरहेको छ । पछिल्लो पटक विकसित घट्ना क्रम र बीमा प्राधिकरणमा अध्यक्ष नियुक्ती गर्न गरिएको हतारोले सरकारको आयु धेरै दिन छैन कि जस्तो समेत देखिन आएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*