बजारमा दोहोरो अकंको गिरावटः फाइनान्सका लगानीकर्ताले गुमाए अर्बौं लगानी, अबको यात्रा कस्तो ?

काठमाडौँ । लगातार तीन दिन सुधार देखिएको शेयर बजार आज राताम्य भएको छ । बजार आज दोहोरो अकंले घट्न पुगेको हो । बजार राताम्य हुँदा लगानीकर्ताको मनोबल थप कमजोर हुँदै गएको छ ।
बजारमा सीमित स्वार्थ बोकेका ठुला लगानीकर्ताले नवप्रवेशी लगानीकर्तालाई आफ्नो स्वार्थमा नचाइरहेको देखिन्छ । यस्ता लगानीकर्ताले समयमै आफ्नो स्वार्थ पूरा गरेर बजारबाट बाहिरिने रणनीति अपनाउँछन्, जसको कारण नयाँ लगानीकर्ताहरू ठूलो आर्थिक जोखिममा पर्ने गरेका छन् ।
वित्तीय अवस्था निकै नाजूक भएका कम्पनीहरुको शेयर मूल्य लामो समयदेखि आकासिंदै आएको छ । तर तुलनात्मकरुपमा सबल र संस्थागत सुशासन राम्रो भएका कम्पनीहरुको शेयर मूल्य भने निकै कम छ । तर कर्णाली डेभलपमेन्ट बैंको घटनाले अब लगानीकर्ताहरु आधारभूत अवस्था मजबुत भएका कम्पनीहरुतिर मोडिने सम्भावना पनि देखिएको छ ।
बजारका लागि आवश्यक कुरा सबै सकारात्मक नै रहेको हुँदा आगामी यात्रालाई हरियाली हुने अपेक्षा गरेपनि केहि नीतिले भने प्रभाव पार्दै आइरहेको छ । नियामक निकायले बजार सुधारका लागि केहि समान्य कदम अहिले लगानीकर्ता खोजि रहेको देखिन्छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २१.१२ अकंले घटेर २६०९.५८ बिन्दुमा कायम भएको छ । आज ३१६ कम्पनीको १ करोड १० लाख ९९ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ४७ करोड रुपैयाँको शेयर कारोबार भएको हो ।
यसदिन १० उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको ०.८७ प्रतिशत, विकास बैंक समूहको २.६५ प्रतिशत, फाइनान्स समूहको ४.४७ प्रतिशतले शेयर मूल्य घटेको छ ।

सर्वाधिक आज फाइनान्स समूहको शेयर घटेको छ ।













