एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने अन्तिम दिन

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले मंसिर ११ गतेदेखि बिक्री गरिरहेको ६२.५६ प्रतिशत हकप्रद शेयरमा आवेदन दिने आज पुस १६ गते अन्तिम दिन रहेको छ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ९६ करोड ३१ लाख २२ हजार २२ रुपैयाँ बराबरको ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद शेयर बिक्री खुला गरिरहेको छ। यस शेयरमा कात्तिक २६ गतेसम्म कायम शेयरधनीहरूले मात्रै आवेदन दिन सक्नेछन्।
कम्पनीले यसअघि पुस १ गतेसम्म म्याद राखेको थियो। तर पछि समय सीमालाई लम्ब्याउदै पुस १६ गते कायम गरिएको हो। यसर्थ यस शेयरमा आज बैंकिङ्ग समयसम्म मात्रै आवेदन दिन सकिनेछ।
कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा एलएस क्यापिटल लिमिटेड रहेको छ।












