शेयर बजार बढेसँगै २२६ कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए
२२ पुष २०८१, सोमबार १५:०८

काठमाडौँ । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजारमा हरियाली छाएको छ । नेप्से परिसूचक आज ४९ अंकले बढेसँगै २२६ वटा कम्पनीका लगानीकर्ताहरु मालामाल बनेका छन् ।
शेयरमूल्य बढेका २२६ कम्पनीहरुमध्ये आत्मनिर्भर लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज यस लघुवित्तको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ६ हजार ७ सय ३२ रुपैयाँ रहेको छ ।
साथै, सुपरमादी मादी हाइड्रोपावरको शेयरमूल्य ९.७० प्रतिशत, साहश उर्जाको ८.७१, माया खोला हाइड्रोपावरको ८.५९ प्रतिशतले शेयरमूल्य बढेको छ ।













