राष्ट्रिय जीवन बीमा कम्पनीको सिईओमा चार जनाको नाम सिफारिस

२४ पुष २०८१, बुधबार ०७:५८

काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडमा प्रमुख कार्यकारी अधिकृत (सिईओ) छनौटका लागि चार जनाको नाम सिफारिस गरिएको छ।

यस कम्पनीले पहिलोपटक खुलाएको विज्ञापनमा प्रतिस्पर्धा गरेका सबैजना फेल भएपछि मंसिर ६ गते दोस्रो पटक पुनः विज्ञापन खुलाएको थियो। जसमा आवेदन दिएकामध्येबाट चार जनाको नाम व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि सिफारिस गरिएको हो।

सिफारिस हुनेमा महेश रिमाल, राजुनाथ खनाल, रामदेब यादव र सुन्दर पन्थी रहेका छन्। चारै जनालाई माघ ४ गते प्रस्तुतीकरण र ५ गते अन्तर्वार्ताका लागि राष्ट्रिय जीवन बीमा कम्पनीको प्रधान कार्यालय रामशाहपथमा बोलाइएको छ।

चारै जनाको अन्तर्वार्ता सकिएपछि कम्पनीमा नयाँ सिईओको टुङ्गो लाग्नेछ।

One thought on “राष्ट्रिय जीवन बीमा कम्पनीको सिईओमा चार जनाको नाम सिफारिस

  1. नरेन्द्र महर says:

    राष्ट्रिय जीवन बीमा कम्पनीले लोक सेवा आयोग बाट सफल उम्मेदवारलाई १ बर्ष बितिसक्दा पनि नियुक्ति दिइ पदस्थापन नगरि उम्मेदवार को भबिस्यमाथी चरम लापरबाही गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*