बलेफी हाइड्रोको हकप्रद बाँडफाँड, अवितरित १८ लाख कित्ता शेयर लिलामीमा आउने

१ माघ २०८१, मंगलवार ०८:४७

काठमाडौं । बलेफी हाइड्रोपावरले गत मंसिर २७ देखि पुस १७ गतेसम्म निष्कासन गरेको शतप्रतिशत हकप्रद शेयर पुस २८ गते आइतबार बाँडफाँड गरेको छ।

कम्पनीले कात्तिक २० गतेसम्म कायम शेयरधनीका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले १ करोड ८२ लाख ७९ हजार ७०० कित्ता शेयर बिक्री खुला गरेको थियो।

बिक्री अवधिभर रितपूर्वक आवेदन दिएका ५३ हजार ५७ जना आवेदकलाई १ करोड ६४ लाख ८१ हजार ४४ कित्ता हकप्रद शेयर बाँडफाँड गरिएको बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलले जनाएको छ।

बाँडफाँडपछि बाँकी रहेको १७ लाख ९८ हजार ६५६ कित्ता शेयर अब कम्पनीले लिलाम प्रक्रियामार्फत बिक्रीमा ल्याउनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*