६ महिनामा कुमारी बैंकले कमायाे २७ कराेड, यस्तो देखियो वित्तीय विवरण

काठमाडौँ । चालु आर्थिक वर्षको ६ महिनामा कुमारी बैंकले २७ करोड ५७ लाख ३० हजार रुपैयाँ नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको विवरण अनुसार यस्तो देखाएको हो ।
कम्पनीको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६८.२० प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ८६ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज २ अर्ब ७६ करोड ६० लाख रुपैयाँबाट बढेर ३ अर्ब २७ करोड ३१ लाख रुपैयाँ पुगेको छ । यता, बैंकको सञ्चालन मुनाफा५१.६९ प्रतिशतले घटेर ७२ करोड १५ लाख रुपैयाँ पुगेकोछ ।
पुष मसान्तसम्ममा कम्पनीको खुद ब्याज आम्दानी ७.१९ प्रतिशतले घटेर ५ अर्ब ३१ करोड ३९ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी ५ अर्ब ७२ करोड रुपैयाँ रहेको थियो ।
बैंकको चुक्ता पूँजी २६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ, जगेडा कोषमा ८ अर्ब ७८ करोड ८८ लाख रुपैयाँ सञ्चित रहेको छ । कम्पनीको वितरणयोग्य मुनाफा ६ अर्ब ४७ करोड रुपैयाँ ऋणात्मक रहेको छ ।
कम्पनीको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ५१ पैसा घटेर २ रुपैयाँ १० पैसा र प्रतिशेयर नेटवर्थ १३३ रुपैयाँ ५१ पैसा रहेको छ ।












