दिपेन्द्र अग्रवालको नाममा रहेको गोर्खाज फाइनान्सको शेयर सर्वसाधारणलाई बिक्रीमा
१३ माघ २०८१, आईतवार ०७:१५

काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले संस्थापक शेयरधनी दिपेन्द्र अग्रवालको नाममा रहेको ४८ हजार ७७३ कित्ता शेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ।
कम्पनीले यसअघि उक्त शेयर संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको थियो। तर संस्थापकबाट शेयर खरिदका लागि आवेदन नपरेपछि अबभने सर्वसाधारणले किन्न पाउने गरी बिक्रीमा राखिएको हो।
सो शेयर खरिद गर्न इच्छुक व्यक्ति वा कम्पनीले आवश्यक कागजात सहित १५ दिनभित्र काठमाडौंको डिल्लिबजारमा रहेको कम्पनीको प्रधान कार्यालयमा निवेदन दिनु पर्नेछ।












