काठमाडौंको इन्द्रचोकबाट स्रोत नखुलेको ३९ लाख नगदसहित एक जना पक्राउ

१४ माघ २०८१, सोमबार १३:१४

काठमाडौँ । काठमाडौंबाट स्रोत नखुलेको ३९ लाख नगदसहित एक जना पक्राउ परेका छन्।

काठमाडौं महानगरपालिका–२४ इन्द्रचोकबाट स्रोत नखुलेको नगद ३९ लाख ७५ हजार रुपैयाँसहित एक जनालाई पक्राउ गरेको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।

पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका–१५ घर भई काठमाडौंको टोखा बस्ने ४८ वर्षीय माधव श्रेष्ठ छन्। उनलाई आइतबार दिउँसो साढे ४ पक्राउ गरेको हो।

कार्यालयको इन्टिलिजेन्स शाखाबाट खटिएको प्रहरीले उनलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो।

यस सम्बन्धमा जिल्ला प्रहरी परिसर काठमाडौंले थप अनुसन्धान अघि बढाएको छ

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*