दिपल ई ०७: विश्वकै पहिलो ‘ट्रान्सफर्मर एसयूभी’ नेपालमा सार्वजनिक, सुरुवाती मूल्य १ करोड

काठमाडौँ । नेपालका लागि दिपलको आधिकारिक वितरक एमएडब्लू वृद्धिले विश्वकै पहिलो ‘ट्रान्सफर्मर एसयूभी’ दिपल ई ०७ नेपाली बजारमा सार्वजनिक गरेको छ। एमएडब्लू वृद्धिका अध्यक्ष विष्णु अग्रवाल, चांगान अटो एसिया प्यासिफिकका उपाध्यक्ष गुआन जिन र एमएडब्लू वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले संयुक्त रूपमा यो एसयूभी सार्वजनिक गरेका हुन् ।
कम्पनीले सुरुवातका लागि ‘रियरह्विल ड्राइभ’ भेरियन्टको मूल्य ९९ लाख ९९ हजार रुपैयाँ तोकेको छ, जुन केही समयपछि १ करोड ३ लाख ९९ हजार रुपैयाँ पुग्नेछ। ‘अलह्विल ड्राइभ’ संस्करणको मूल्य १ करोड ९९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।
शक्तिशाली र उन्नत प्रविधि
दिपल ई ०७ दुई भेरियन्टमा उपलब्ध छ — ‘रियरह्विल ड्राइभ’ र ‘अलह्विल ड्राइभ’।

रियरह्विल ड्राइभः १९० किलोवाटको मोटर, २५८ पीएस पावर र ३६५ एनएम टर्क क्षमतासहित ८९.९ किलोवाट आवरको ब्याट्री प्रयोग गरिएको छ, जसले सिंगल चार्जमा ५६६ किलोमिटरको रेन्ज प्रदान गर्छ।
अलह्विल ड्राइभः ४४० किलोवाटको पावर र ६४५ एनएम टर्क क्षमतासहित यसले २४० किलोवाट आवरसम्मको फास्ट डीसी चार्ज समर्थन गर्छ।
डिजाइन र आरामदायी यात्रा
दिपल ई ०७को एरोडाइनामिक डिजाइनले ०.२३७ सीडी ड्र्याग कोफिसेन्ट प्रदान गर्छ, जसले यात्रालाई सहज बनाउँछ। यसको ३१२० एमएमको ह्विलबेसले पर्याप्त इन्टिरियर स्पेस प्रदान गर्दछ।

स्टाइलिस इन्टेरियरः ‘स्टार रिंग इन्टिग्रेटेड हेडलाइट’, ‘स्लाइडिंग रियर डोम डिजाइन’ र ३०० केजीसम्मको लोड क्षमतायुक्त ‘मल्टिफंक्सन रुफ र्याक’ जस्ता विशेषताहरू रहेको छ।
भण्डारण क्षमताः १३१ लिटरको फ्रंक स्पेस र ६०० केजी क्षमताको बुटले यात्रालाई थप व्यावहारिक बनाउँछ।

अत्याधुनिक प्रविधि र सुरक्षा
दिपल ई ०७मा ‘सुपर ब्रेन सेन्ट्रल कम्प्युटिंग प्लेटफर्म’ प्रयोग गरिएको छ, जसले रियलटाइम रेस्पोन्स र सिमलेस कन्ट्रोल प्रदान गर्दछ। यसमा २८.८६ इन्चको ‘अग्मेन्टेड रियलिटी हेडअप डिस्प्ले’ र १५.४ इन्चको ‘सनफ्लावर टचस्क्रिन’ रहेको छ।
सुरक्षा प्रणालीः १४ ‘सेफ्टी प्रोटेक्सन सिस्टम’, ५ वटा वेब राडार, ५ वटा क्यामेरा र १२ वटा अल्ट्रासोनिक राडार प्रयोग गरिएको छ।
ड्राइभिङ सहायताः ५ प्रकारको ‘क्र्युज असिस्ट’, ४ वटा ‘पार्किंग असिस्ट’ र ५४० डिग्रीको ‘सराउन्ड भ्यु’ सुविधा प्रदान गरिएको छ।

बजार विस्तारको लक्ष्य
कार्यक्रममा एमएडब्लू वृद्धिका अध्यक्ष विष्णु अग्रवालले नेपालमा दिपल एस ०७ र एल ०७ को सफलतापछि ई ०७ पनि बजारमा नयाँ मापदण्ड स्थापित गर्ने विश्वास व्यक्त गरे। चांगान अटोका उपाध्यक्ष गुआन जिनले नेपाललाई विश्वस्तरीय उत्पादन दिन चांगान प्रतिबद्ध रहेको बताए।
दिपल ई ०७ सेतो, कालो, खरानी र हरियो गरी चार वटा रंगमा उपलब्ध रहेको छ। कम्पनीको यो नयाँ प्रक्षेपणले नेपाली ईभी बजारमा उत्साह थप्ने अपेक्षा गरिएको छ।














