आरम्भ चौतारी लघुवित्तको नवौं वार्षिक साधारण सभा सम्पन्न

१५ माघ २०८१, मंगलवार १२:०२

काठमाडौँ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा बनेपा ८ काभ्रेपलाञ्चोक स्थित बनेपा पार्टी भेन्यूमा भव्यताका साथ सम्पन्न भएको हो ।

उक्त साधारण सभामा संचालक समितिका अध्यक्ष विनोद ज्ञवालीद्धारा आर्थिक वर्ष २०८०।२०८१ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विभिन्न अराजक संगठनहरु बाट श्रृजित समस्याले गर्दा लक्षित वर्गमा लघुवित्त संस्थाहरुलाई घरदैलोमा गर्ई वित्तीय सेवा प्रदान गर्न कठिन भएको बताए। विगतका वर्षहरुमा शेयरधनिहरुलाई लाभांश वितरण गर्न नसकेको भएतापनी र यस आर्थिक वर्षको दोश्रो त्रैमासमा संस्थाले ३ करोड ५५ लाख खुद नाफा गर्न सफल भएको ज्ञवालीको भनाइ रहेको छ ।

नवौं वार्षिक साधारण सभामा आर्थिक वर्ष २०८०।२०८१ को वित्तीय प्रतिवेदन, आर्थिक वर्ष २०८१।०८२ को लागी बाह्रय लेखापरिक्षक नियुक्ती तथा पारिश्रमीक निर्धारण र संस्थालाई एकआपसमा गाभ्ने गाभिने अख्तियारी संचालक समितीलाई दिने निर्णय पारित भएको छ ।

साधारण सभाबाट संस्थापक तर्फबाट ४ जना संचालकहरु विनोद ज्ञवाली, पुष्पराज ढकाल, सन्तोष पोख्रेल र गोपाल वश्याल सर्वसहमतीमा निर्वाचित भएका थिए भने सर्वसाधारण शेयरधनिहरुको संचालक तर्फबाट चुनावी प्रक्रियामा तिन जना प्रतिस्प्रधि विमल आचार्य, दयाराम जैशी र तिर्थसागर अर्याल रहेकोमा मतदान प्रक्रियाबाट तिर्थसागर अर्याल र विमल आचार्य संचालकमा निर्वाचित भएका हुन् ।

नवौं वार्षिक साधारण सभा बाट मनोनित ६ जना निर्वाचित संचालकहरुलाई निर्वाचन अधिकृत हरि बहादुर वस्नेतले प्रमाणपत्र वितरण गरेका थिए । उक्त कार्यक्रममा अध्यक्षको वार्षिक प्रतिवेदन माथि सर्वसाधारण शेयरधनीहरु गोविन्द जिसी, लभराज जोशी, चन्द्रनारायण श्रेष्ठ, वैजनाथ रौनियार, सुदिप श्रेष्ठ, निरुपमा गुप्ता र ब्रम्हदेव शाक्यले टिकाटिप्णी तथा रचनात्मक सुझाव दिएका थिए ।

संस्थाका अध्यक्ष विनोद ज्ञवालीको अध्यक्षतामा सम्पन्न नवौं वार्षिक साधारण सभाको संचालन कम्पनी सचिव तथा संस्थाका प्रमुख कार्यकारी अधिकृत शिव प्रसाद ज्ञवालीले गरेका थिए । निर्वाचित संचालकहरुको पहिलो बैठकले संचालक समितीको अध्यक्ष पदमा विनोद ज्ञवालीलाई सर्वसहमतीले चयन गरेको छ ।

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडे ५३ जिल्लाहरुमा कार्यक्षेत्र रही १३५ वटा शाखा कार्यालयहरुबाट १ लाख सदस्यहरु मार्फत १ अर्व ७७ करोड वचत संकलन गरी ३५ हजार ऋणी सदस्यहरुलाई ४ अर्व ८० करोड कर्जा लगानी गरी यस अर्धबार्षिक अवधिमा ३ करोड २७ लाख खुद नाफा आर्जन गर्न सफल भएको छ । संस्थाले निस्क्रिय कर्जा २.९१ प्रतिशत रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*