केवलकारविरुद्धको विरोध घनिभूत बन्दै, काफ्लेपाटीमा सयौं अभियान्ताको नाराबाजी

काठमाडौँ । ताप्लेजुङ जिल्लामा रहेको पाथीभरा मन्दिर जान निर्माण सुरु गरिएको ‘पाथीभारा केवलकार’ विरुद्धको आन्दोलनले उग्ररुप लिइरहेको छ । सोमबार सयौं अभियान्ताहरुले ताप्लेजुङ जिल्लाको काफ्लेपाटीमा कालो व्यानरसहित आइएमई समुहका अध्यक्ष चन्द्र ढकालसहित पाथीभरा केवलकार विरुद्धमा प्रदर्शन गरेका हुन् ।
उनीहरुले ‘चन्द्रे ढकाल होसियार’, मानहानीको कानुन लाग्ने देशमा गोली हान्नेलाई फ्रि किन सरकार’ ‘एपीएफ ब्याक’ लगायतका पम्पलेट प्रदर्शन गरेर नाराबाजी गरेका छन् । पाथीभारा केवलकार निर्माणको आन्दोलनले पुरै देशको ध्यान खिचेको छ ।

ताप्लेजुङको केवलकार रोक्न संघर्षरत समुहको क्रियाकलाप र शिलान्यासका दिन भएको झडपको बारे छलफल गर्न गृहमन्त्री रमेश लेखकले ताप्लेजुङ, पाँचथर, इलाम र धनकुटाका सांसदहरुलाई साँझ ५ बजे गृह मन्त्रालयमा छलफलमा बोलाएका छन् ।
ताप्लेजुङको पाथिभरामा केबलकार निर्माणको काम रोक्न स्थानीयले माग गर्दै आएका छन् । ‘नो केबलकार समूह’को नामबाट सोमबारदेखि पूर्वी नेपालका विभिन्न क्षेत्रहरुमा आन्दोलन गरीरहेका छन् ।

प्रहरीले दमन गरेको भन्दै विरोधमा उत्रिएकाहरुले आज मेची राजमार्ग, तमोर करिडोर बन्द आह्वान गरेका छन् । मुक्कुमलुङ संरक्षण र केबलकार खारेजी संघर्षरत संस्थाका प्रतिनिधिहरुले माघ १५ गतेदेखि अनिश्चितकालीन बन्द आह्वान गरेको घोषणा गरेका छन् ।

जनताको रगतसँग साटेर पाथीभरामा केबलकार बनाउन सरकारको जबरजस्ती, आन्दोलनकारीमाथि जघन्य अपराध

ताप्लेजुङमा सयौं लालिगुराँसको रुख काटियो, राष्ट्रिय फूलको जंगल बिनास हुँदा सबै चुपचाप














