सप्तकोशी डेभलपमेन्ट बैंक र हिमालयन रिइन्स्योरेन्समा झुम्मिए लगानीकर्ता, कसको कारोबार कति ?
१५ माघ २०८१, मंगलवार १५:०६

काठमाडौँ । कारोबार साताको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार दोहोरो अंकले बृद्धि भएको छ । यसदिन सप्तकोशी डेभलपमेन्ट बैंकको ३८ करोड २१ लाख रुपैयाँसहित सबैभन्दा बढी कारोबार भएको छ ।
त्यस्तै, बजार बढेसँगै नेपाल रिइन्स्योेरेन्सको २९ करोड तीन लाख रुपैयाँ, एनआरएन इन्फ्रास्टक्चरको २८ करोड ८७ लाख रुपैयाँ र हिमालयन पावरको १९ करोड रुपैयाँले सर्वाधिक कारोबार भएको छ ।













