महङ्गीयो सुनको मूल्य, शुक्रबार प्रतितोला कति ?

१८ माघ २०८१, शुक्रबार १०:३२

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य उकालो लागेको छ । सुन आज तोलामा दुई हजार ३०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारको दिन भने सुन प्रतितोला एक लाख ६० हजार ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको थियो ।

यता, चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले बढ्दै प्रतितोला एक हजार ९१५ रुपैयाँ पुगेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*