यस्तो छ शिवम् सिमेन्ट्सको नवौं वार्षिक साधारण सभाको ‘माइन्युट’

१८ माघ २०८१, शुक्रबार १०:३९

काठमाडौँ । शिवम् सिमेन्ट्स लिमिटेडले नवौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ। राष्ट्रिय सभा गृह, प्रदर्शनीमार्ग, काठमाडौंमा आयोजित सभाले आर्थिक वर्ष २०८०।०८१ का लागि संचालक समितिले प्रस्ताव गरेका विभिन्न सामान्य तथा विशेष प्रस्तावहरू पारित गरेको हो।

सभामा कम्पनीका अध्यक्ष गौरव गोयलले अध्यक्षता गरेका थिए। सभाले आव २०७९।०८० का लागि कम्पनीको प्रगति प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितका आर्थिक विवरणहरू पारित गरेको छ। त्यस्तै, आगामी आ।व। २०८१।०८२ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित भएको छ।

1738293436562

सभाले कम्पनीको चुक्ता पूंजी ५ अर्ब २ करोड ७० लाखको ८।५५ प्रतिशत बोनस सेयर र ०।४५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि अनुमोदन गरेको छ। बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पूंजी ५ अर्ब ४५ करोड ६८ लाख ८ हजार ५ सय पुग्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*