बैंकहरुले तिरे १२ अर्ब ३६ करोड राजस्व, नबिल र एनआईएमबिले सर्वाधिक, कुनले कति बुझाए ?

१८ माघ २०८१, शुक्रबार ११:३३

काठमाडौँ । ६ महिनामा वाणिज्य बैंकहरुले सरकारलाई १२ अर्बभन्दा बढी राजस्व बुझाएका छन् । हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १२ अर्ब ३६ करोड ६२ लाख ८५ हजार रुपैयाँ राजस्व बुझाएका थिए ।

गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा उक्त राजस्व भने २.३३ प्रतिशतले घटेको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकहरुले सरकारलाई १२ अर्ब ६६ करोड १४ लाख ४० हजार रुपैयाँ राजस्व तिरेका थिए । यसअवधिमा ११ बैंकहरुको आयकर घटेको छ भने ९ बैंकले बढाएका छन् ।

चालु आर्थिक वर्षको ६ महिनामा सर्वाधिक राजस्व बढी तिर्ने बैंकमा नबिल पहिलो स्थानमा रहेको छ । यसअवधिमा बैंकले सरकारलाई दिने राजस्व ५.५७ प्रतिशतले बढाएर १ अर्ब ३९ करोड २१ लाख ४५ हजार रुपैयाँ पुराएको छ । गत आर्थिक वर्षको सोहि अवधिका नबिलले सरकारलाई १अर्ब ३१ करोड ८६ लाख रुपैयाँ राजस्व तिरेको थियो ।

दोस्रो नम्बरमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहेको छ । ६ महिनामा ग्लोबलले १ अर्ब २१ करोड ७६ लाख रुपैयाँ आयकर सरकारलाई बुझाएको छ । जुन गत आर्थिक वर्षको तुलनामा ५६.२८ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकले सरकारलाई ७७ करोड ९१ लाख रुपैयाँ कर बुझाएको थियो ।

यसअवधिमा प्रभु बैंक राजस्व उच्च बढाएको छ । बैंकले तिर्ने राजस्व ६३.३८ प्रतिशतले बढेर १ अर्ब १८ करोड ७४ लाख रुपैयाँ पुगेको छ ।

समिक्षा अवधिमा ग्लोबल आइएमईले १ अर्ब १५ करोड, एभरेष्ट बैंकले १ अर्ब ३ करोड, एनएमबि बब्ैंकले ८३ करोड, प्राइम बैंकले ७९करोड, स्टान्डर्ड चार्टड बैंकले ७० करोड, हिमालयन बैंकले ६५ करोड, लक्ष्मी सनराइज बैंकले ५० करोड, सानिमा बैंकले ४५ करोड, नेपाल एसबिआई बैंकले ४४ करोड र कुमारी बैंकले ४१ करोड रुपैयाँ राजस्व सरकारले बुझाएका छन् ।

दोस्रो त्रैमाससम्ममा सरकारलाई कृषि विकास बैंकले ३९ करोड, माछापुछ्च्रे बैंकले ३४ करोड, राष्ट्रिय वाणिज्य बैंकले ३२ करोड, सिटिजन बैंकले २६ करोड, सिद्धार्थ बैंकले २३ करोड र एनआईसी एशिया बैंकले ६ करोड राजस्व बुझाएका हुन् । यता, नेपाल बैंकको आयकर भने ४ करोड २४ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

बैंकहरूले आफ्नो आम्दानीको ३० प्रतिशत कर तिर्नुपर्ने व्यवस्था रहेको छ। कर कटौतीपछिको नाफाबाट १० प्रतिशत कर्मचारी बोनस छुट्याएपछि बाँकी नाफाको ३० प्रतिशत राजस्व सरकारलाई बुझाउनुपर्छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*