सिटि होटलले ८०% हकप्रद निष्कासन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

१८ माघ २०८१, शुक्रबार ११:५५

काठमाडौं । सिटि होटल लिमिटेडले हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।

होटलको गत पुस २६ गते सम्पन्न नवौं वार्षिक साधारणसभाले हाल कायम चुक्ता पूँजीको १ बराबर ०.८ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो।

बिक्री प्रबन्धकमा नियुक्त भएसँगै अब सिटि होटलको हकप्रद शेयर निष्कासन सम्बन्धी सम्पूर्ण काम प्रभु क्यापिटल लिमिटेडले गर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*