दम भए भ्रष्टाचार गरेको एक कुरा नि लिएर आउ: प्रधानमन्त्री ओलि
१८ माघ २०८१, शुक्रबार १४:४१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलिले कसैसँग दम भए भ्रष्टाचार गरेको एक कुरा समेत ल्याएर देखाउन चेतावनी दिएका छन् । प्रतिनिधि सभाको हिउँदे अधिवेशनमा बोल्दै ओलिले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री ओलिले भने, ‘म भ्रष्टाचार गर्दैन र कसैलाई गर्न पनि दिदैन ।दम छ भने भ्रष्टाचार गरेको एक कुरा ल्याएर देखाउनु ।’
उनले समाजिक सञ्जालमा प्रधानमन्त्री ओलिको विदेशी टेलिकममा लगानी रहेको जस्ता भ्रम फैलाउने काम भइरहेको प्रति चिन्ता ब्यक्त गरे । उनले यो सरकारलाई असफल हुने मौका नरहेको बताउँदै सरकार देशको अर्थतन्त्र सुधारका लागि काम गरी रहेको बताए ।
सुशासन कायम गर्ने समृद्धिमा सरकारले निकै ठुलो फड्को मारी रहेको बताए ।













