हिमालयन लघुवित्तको वित्तीय विवरणमा कैफियत, राष्ट्र बैंकले दियो ३ बुँदे निर्देशन

१८ माघ २०८१, शुक्रबार १५:४६

काठमाडौँ । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको आर्थिक वर्ष २०८०।८१ को वार्षिक वित्तीय विवरण प्रकाशनमा नेपाल राष्ट्र बैंक लघुवित्त संस्था सुपरिवेक्षण विभागले सुधारका निर्देशन दिएका छन्।

संस्थाले पेश गरेको वित्तीय विवरणमा लेखापरीक्षणको वासलात, नाफा नोक्सान हिसाब, लेखापरीक्षकको प्रारम्भिक र अन्तिम प्रतिवेदन लगायतका सबै विवरणमा केही कैफियतहरू औंल्याइएको छ। विभागले निर्देशित गरेको छ कि, नेपाल राष्ट्र बैंकको इजाजतपत्र प्राप्त घ वर्गका लघुवित्त वित्तीय संस्थाले मात्र सेवा शुल्क लिनु पर्ने व्यवस्था गरेको छ, तर संस्थाले यस विपरीत शुल्क लिएको छ। विभागले उक्त शुल्क फिर्ता गरी जानकारी गराउन आदेश दिएको छ।

त्यसैगरी, संस्थाको कर्जा विवरण कर्जा सूचना केन्द्रको कर्जा विवरणसँग मेल खाने गरी आवधिक रूपमा पुनः मिलान गर्नुपर्नेछ। आन्तरिक र बाह्य लेखापरीक्षकको प्रतिवेदन र स्थलगत निरीक्षणमा औंल्याइएका समस्याहरूलाई सुधार्ने निर्देशन दिइएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*