सरकारको आन्तरिक कर्जा १.२ प्रतिशतले बृद्धि

२० माघ २०८१, आईतवार १७:४१

काठमाडौँ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अवधिमा कुल आन्तरिक कर्जा १.२ प्रतिशतले बढेको छ । केन्द्रिय बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान वित्तीय अवस्था अनुसार अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा २.६ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दाबी १८.७ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी ८.३ प्रतिशतले घटेको थियो । वार्षिक बिन्दुगत आधारमा पुस मसान्तमा यस्तो दाबी ७.१ प्रतिशतले घटेको छ ।

यस अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ५.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी ४.५ प्रतिशतले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०८१ पुस मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ६.९ प्रतिशतले बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*