बढ्यो महँगी, पुग्यो ५.२६ प्रतिशत

२० माघ २०८१, आईतवार १७:५०

काठमाडौँ। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१।८२ को पुस महिनासम्म वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.४१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.२६ प्रतिशत रहेको थियो ।

पुस महिनामा खाद्य र पेय पदार्थ समूहको मुद्रास्फीति ७.६७ प्रतिशत, भने गैर–खाद्य र सेवा समूहको मुद्रास्फीति ४.१९ प्रतिशत रहेको छ।

प्रदेशगत रूपमा, कोशी प्रदेशको वार्षिक उपभोक्ता मुद्रास्फीति ६.७३ प्रतिशत, मधेश प्रदेशको ५.९६ प्रतिशत, बागमती प्रदेशको ५.१४ प्रतिशत, गण्डकी प्रदेशको ४.३७ प्रतिशत, लुम्बिनी प्रदेशको ४.८३ प्रतिशत, कर्णाली प्रदेशको ४.६० प्रतिशत र सुदूरपश्चिम प्रदेशको ५.६७ प्रतिशत रहेको छ।

काठमाडौं उपत्यकामा वार्षिक उपभोक्ता मुद्रास्फीति ५।०३ प्रतिशत, तराईमा ५।६० प्रतिशत, पहाडमा ५।४१ प्रतिशत र हिमाल क्षेत्रमा ५।२७ प्रतिशत रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*