नेष्डो समृद्ध लघुवित्तको लकइन अवधि फागुन २३ गते सकिदै, कर्मचारी र संस्थापकले शेयर बिक्री गर्न पाउने

२१ माघ २०८१, सोमबार ०९:५३

काठमडौँ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक तथा कर्मचारीहरुको शेयरको लकइन अवधि फागुन २३ गते सकिने भएको छ । कम्पनीमा संस्थापक शेयर संख्या १७ लाख २१ हजार २५० कित्ता र कर्मचारी शेयर संख्या १२ हजार ७५० कित्ता रहेको छ।

लकइन अवधि समाप्त भएपछि कम्पनीको संस्थापक शेयरधनीहरुको हकमा प्रचलित कानुन बमोजिम खरिद–बिक्री हुनेछ र संस्थापक शेयर सदस्य मध्ये सञ्चालक सदस्यमा रहेका व्यक्ति तथा कम्पनीको उच्च तहमा रहेका कर्मचारीहरुले भने शेयर खरिद–बिक्री गर्न पाउने छैनन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*