कुमारी बैंकको शेयर बिक्रीमा, कहाँ दिने खरिद आवेदन?

२१ माघ २०८१, सोमबार १३:१८

काठमाडौँ । कुमारी बैंकले विभिन्न संस्थापक शेयरधनीहरुको स्वामित्वमा रहेको ५ हजार ८७० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले आफ्नो स्वामित्वमा रहेको उक्त शेयर बिक्री गर्न निवेदन दिएकाले आजदेखि बिक्रीमा राखिएको हो ।

उक्त शेयर खरिद गर्न इच्छुक संस्थापकहरुले सूचना जारी भएको ३५ दिनभित्र बैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटल वा बैंकको प्रधान कार्यालयमा आवेदन दिनु पर्ने बैंकले जनाएको छ ।

निर्धारित समयभित्र शेयर खरिदका लागि आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*