आलु, बन्दा, काउलीलगायतका तरकारीको थोक मूल्य सस्तियो (मूल्यसूचीसहित)

२२ माघ २०८१, मंगलवार ०८:०८

काठमाडौँ । कालिमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ६०, गोलभेँडा सानो (भारतीय) प्रतिकेजी रु २५, गोलभेँडा सानो (तराई) प्रतिकेजी रु २०, आलु रातो प्रतिकेजी रु ३२, आलु रातो (भारतीय) प्रतिकेजी रु ३०, प्याज सुकेको (भारतीय) प्रतिकेजी रु ६३ कायम भएको छ ।

गाजर (लोकल) प्रतिकेजी रु ३०, गाजर (तराई) प्रतिकेजी रु २०, बन्दा (लोकल) प्रतिकेजी रु १२, बन्दा (तराई) प्रतिकेजी रु १०, बन्दा (नरिवल) प्रतिकेजी रु १५, काउली स्थानीय प्रतिकेजी रु १२, स्थानीय काउली (ज्यापु) प्रतिकेजी रु १५ कायम भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*