चन्द्रागिरीमा गाडीसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु
२२ माघ २०८१, मंगलवार १२:५७

काठमाडौँ । चन्द्रागिरी नगरपालिका–९ चुनदेवी चोकमा गाडी र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार बागमती प्रदेश ०२–०४६ प ७१२९ नम्बरको मोटरसाइकलका चालक ३९ वर्षीय कुमार श्रेष्ठको मृत्यु भएको छ। ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको सतुंगलस्थित एपीएफ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार १ जनाको बीएन्डबी अस्पताल ललितपुरमा उपचार भइरहेको छ ।
गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।













