नेपाल टेलिकमको २१औं वार्षिकोत्सवमा ग्राहकका लागि विशेष अफर

२२ माघ २०८१, मंगलवार १३:४८

काठमाडौँ। नेपाल टेलिकमले आफ्नो २१ औं वार्षिकोत्सवको अवसरमा ग्राहकहरूका लागि विभिन्न नयाँ अफर सार्वजनिक गरेको छ। कम्पनीले डिजिटल सेवाको पहुँचलाई थप सहज बनाउन तथा उपभोक्तामुखी कार्यशैली विकास गर्ने प्रतिबद्धता जनाएको छ।

वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै टेलिकमकी प्रबन्ध निर्देशक संगिता पहाडी अर्यालले सेवाग्राहीको सुझावलाई सकारात्मक रुपमा ग्रहण गर्दै सेवाको स्तरोन्नति र पूर्वाधार विस्तारलाई प्राथमिकता दिने बताइन्। उनले भनेकी छन्, ‘हाम्रो कार्यशैलीलाई पूर्ण प्रतिस्पर्धात्मक र ग्राहकमुखी बनाउन विशेष योजना अगाडि सारिनेछ।’

यस अवसरमा कम्पनीले विशेष एनिभर्सरी प्याकेज अफर ल्याएको छ। माघ २२ देखि फागुन ८ सम्म लागू हुने यो योजना अन्तर्गत ५९ रुपैयाँमा एक दिनको अवधि रहेको १ एमबीपीएस अनलिमिटेड डाटा प्लस १२० मिनेटको भ्वाइस प्याकेज उपलब्ध गराइनेछ।

त्यसैगरी, ४९९ रुपैयाँमा १ महिनाको समयावधि भएको अनलिमिटेड अल नेट भ्वाइस कल प्याकेज, ५९९ रुपैयाँमा अनलिमिटेड डाटा प्याक र ७९९ रुपैयाँमा अनलिमिटेड प्रिमियम डाटा प्याकेज उपलब्ध गराइनेछ।

एफटीटीएच ग्राहकका लागि कम्पनीले नयाँ अफर ल्याएको छ जसमा वार्षिक प्याकेज खरिद गर्दा १ महिनाको थप सेवा र दुई वर्षको प्याकेजमा १५ प्रतिशत छुटको व्यवस्था गरिएको छ।

टिकटक प्रयोगकर्तालाई लक्षित गर्दै टेलिकमले ५ एमबीपीएस गतिमा २० जीबी डाटा प्रयोग गर्न सकिने दैनिक टिकटक प्याकेज ४८ रुपैयाँमा र साप्ताहिक प्याकेज १७० रुपैयाँमा उपलब्ध गराएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*