नारायणी विकास बैंकको ६५ हजार कित्ता शेयर बिक्रीमा

२३ माघ २०८१, बुधबार ०८:३२

काठमाडौं । नारायणी विकास बैंक लिमिटेडले संस्थापक समूहको ६५ हजार ६२८ कित्ता शेयर बिक्रीमा राखेको छ।

बैंकले हाल उक्त शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको हो। तर तोकिएको म्यादभित्र संस्थापकबाट शेयर खरिदका लागि आवेदन नपरेको खण्डमा भने सो शेयर सर्वसाधारणका लागि बिक्री खुला गरिने जनाएको छ।

शेयर खरिद गर्न इच्छुक संस्थापकले आवश्यक कागजात सहित ३५ दिनभित्र चितवनको रत्ननगरस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*