पाथिभरा क्षेत्रमा स्वीकृतभन्दा सयौं बढी रुख काटियो, सिडिओ नेत्र शर्माकै भूमिका शंकास्पद

२३ माघ २०८१, बुधबार १०:३७

काठमाडौं । पाथिभरामा विवादित रुपमा केवलकार बनाउन लागेको पाथिभरादेवी दर्शन केवलकार प्रा.लिले स्वीकृत भन्दाबढि रुख काटेको पाइएको छ । सो कम्पनीले वातावरणीय प्रभाव मूल्याङ्कनको क्रममा जम्मा २५० वटा मात्रै रुख काट्ने स्वीकृति थियो ।

तर पाथिभरादेवीको मन्दिरमा जानको लागि निर्माण गर्न लागिएको केवलकारको लागि करिब एक हजार वटा रुख काटिएको छ । स्थानीयबासीले सो कुराको विरोध गर्दा चर्को दमन गर्ने र खुकुरीले छप्काईदिने भन्दै धम्क्याइने गरेको काफ्लेपाटीका एक स्थानीयबासीले बीमापोष्टलाई जानकारी दिए ।

पाथिभराको पहाडमा सो कम्पनीले करिब ५०० वटा लालिगुराँसकै मात्र रुख कटान गरेको छ । सो सम्बन्धमा जिज्ञाशा राख्दा प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले डिपिआरमा स्वीकृत भएको रुख मात्रै काटिएको दावी गरेका थिए ।

नेत्र प्रसाद शर्माको घर बाग्लुङ हो । केवलकार बनाउने कम्पनी चन्द्र ढकालले नै उनलाई त्यहाँ सरुवा गरेर लगेको खुलेको छ । पछिल्लो पटक सिडिओहरुको सरुवा गर्ने बेलामा ताप्लेजुङमा सरुवा हुने सिडिओको सूचिमा अर्कैको नाम थियो । तर, चन्द्र ढकालले गृहमन्त्री रमेश लेखकसँग सेटिङ हानेर आफ्नै जिल्लाका नेत्र शर्मालाई लगेका थिए । शर्मा अहिले ताप्लेजुङ्गमा रहेर पाथिभरामा केवलकार बनाउनको लागि सहयोगी भूमिका खेलिरहेका छन् ।

स्वीकृत भन्दा बढि रुख काटिएको भेटिए वन ऐन अनुसार कारवाही हुने वन विभागले जनाएको छ । विभागकी सूचना अधिकारी सबनम पाठकले वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनमा उल्लेख भएको भन्दा बढि रुख काटिएको रहेछ भने कानुनले कसैलाई नछोड्ने बताईन् ।

 

ताप्लेजुङमा सयौं लालिगुराँसको रुख काटियो, राष्ट्रिय फूलको जंगल बिनास हुँदा सबै चुपचाप

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*