आजसम्म कायम शेयरधनीले हिमालयन लाइफको लाभांश पाउने

२४ माघ २०८१, बिहीबार ०७:३५

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज माघ २४ गते अन्तिम दिन रहेको छ।

कम्पनीले लाभांश वितरण प्रयोजनार्थ भोलि माघ २५ गते बुक क्लोज गर्दैछ। बुक क्लोजको आधारमा आजसम्म कायम शेयरधनीले मात्रै कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

कम्पनीले शेयरधनीलाई गत आवको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १४ प्रतिशत बोनस शेयर (कर सहित) वितरणको प्रस्ताव गरेको छ।

प्रस्तावित लाभांश पारितका लागि आउदो फागुन ११ गते काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्ड एण्ड बैंक्वेटमा बिहान साढे १० बजेदेखि सत्रौं वार्षिक साधारणसभा बोलाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*