दोर्दी खोलालाई शतप्रतिशत हकप्रद निष्कासन गर्न अनुमति

२४ माघ २०८१, बिहीबार १०:२४

काठमाडौं दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडलाई शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ।

कम्पनीले चुक्ता पूँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँको शतप्रतिशत अर्थात् १ः१ को अनुपातमा हकप्रद निष्कासन गर्न अनुमति पाएको हो।

यससँगै कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँका दरले १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद साधारण शेयर निष्कासन गर्न बाटो खुलेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*