पोखरा फाइनान्सका सीइओ गुरुङ्ग पदमुक्त
२४ माघ २०८१, बिहीबार १०:४२

काठमाडौँ । पोखरा फाइनान्स लिमिटेडको सञ्चालक समितिले कार्यकारी प्रमुख रवि चन्द्र गुरुङलाई पदमुक्त गरेको छ। बुधबार साँझ संस्थाको केन्द्रीय कार्यालय पोखरा ९ न्यूरोड कास्कीमा बसेको ५४३ औं सञ्चालक समितिको बैठकले गुरुङलाई माघ २३ गतेदेखि लागू हुने गरी पदमुक्त गर्ने निर्णय गरेको हो।
गुरुङलाई पदमुक्त गर्नुको कारण भने संस्थाले सार्वजनिक गरेको छैन। तर, पछिल्लो समय कम्पनीको वित्तीय अवस्था दर्दनाक अवस्थामा पुगेपछि गुरुङको चौतर्फि आलोचना भइरहेको हो ।
सञ्चालक समितिको निर्णयअनुसार संस्थाका नायव प्रमुख कार्यकारी अधिकृत राजु मोहन भट्टराईलाई कायममुकायम कार्यकारी प्रमुखको रुपमा नियुक्त गरिएको छ। यो निर्णय पनि माघ २३ गतेदेखि नै लागू हुनेछ।












