एनएमबि लघुवित्तद्वारा १ करोड खुद नाफा आर्जन, यस्तो छ समग्र वित्तीय अवस्था

काठमाडौँ । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
विवरण अनुसार संस्थाले समीक्षा अवधिमा १ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको यसैअवधिमा भने कम्पनी ६ करोड ७५ लाख रुपैयाँ नोक्सानमा रहेको थियो । संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढ्दा नाफामा सुधार देखिएको हो ।
समीक्षा अवधिमा १७ करोड ५२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गत वर्षको भन्दा ६२.८१ प्रतिशतले धेरै हो । गत वर्षको यसैअवधिमा एएमबिले १० करोड ७६ लाख रुपैयाँ उक्त आम्दानी गरेको थियो ।
यस्तै, गत वर्ष ६ करोड ७६ लाख रुपैयाँ सञ्चालन घाटामा रहेको कम्पनी अहिले १ करोड ६८ लाख रुपैयाँ नाफामा रहेको छ । हाल यस संस्थाको चुक्ता पुँजी ७२ करोड १४ लाख रुपैयाँ रहेको छ । यसको जगेडा कोषमा २२ करोड ६४ लाख रुपैयाँ जम्मा छ ।
यसअवधिसम्म आइपुग्दा यो लघुवित्तको प्रतिसेयर पनि बढेर आम्दानी ६ रुपैयाँ ५५ पैसा कायम भएको छ । गत वर्ष यसको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ७३ पैसा ऋणात्मक रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ भने १३५.८१ रुपैयाँ देखिएको छ ।












