१४ जीवन बीमा कम्पनीको लगानी ७ खर्बमाथी, नेपाल लाइफको सवैभन्दा बढी

२४ माघ २०८१, बिहीबार १४:१९

काठमाडौँ । नेपालमा सञ्चालन रहेका जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अवधिमा विभिन्न क्षेत्रमा सात खर्ब रुपैयाँबढी लगानी गरेका छन् । नेपाल बीमा प्राधिकरणले बुधबार सार्वजनिक गरेको विवरण अनुसार सञ्चालित १४ जीवन बीमा कम्पनीहरुले नियामक निकायको अधिनमा रहेका विभिन्न क्षेत्रमा कुल सात खर्ब तीन अर्ब ३४ करोड रुपैयाँ लगानी गरेको हो ।

नेपाली जीवन बीमा कम्पनीहरुमध्ये नेपाल लाइफको लगानी सबैभन्दा बढी रहेको छ । कम्पनीले पछिल्लो समय शिक्षा लगायतका विभिन्न क्षेत्रमा लगानी विस्तार गरिरहेको छ । समीक्षा अवधिमा नेपाल लाइफ इन्स्योरेन्सको लगानी एक खर्ब ८२ अर्ब ५५ करोड रुपैयाँ रहेको छ ।

त्यस्तै, एलआइसी नेपाल पनि लगानी विस्तारमा आक्रामक देखिएको छ । यस कम्पनीले चालु आवको पुष मसान्तसम्मको अवधिमा विभिन्न क्षेत्रमा एक खर्ब सात अर्ब ६ करोड रुपैयाँ रहेको छ ।

साथै हिमालयन लाइफको ७२ अर्ब ४३ करोड रुपैयाँ, नेशनल लाइफ इन्स्योरेन्सको ६६ अर्ब २३ करोड रुपैयाँ र सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीको ६० अर्ब ४३ करोड रुपैयाँ विभिन्न क्षेत्रमा लगानी रहेको बीमा प्राधिकरणले देखाएको तथ्यांकले देखाएको छ ।

विभिन्न क्षेत्रमा एशियन लाइफ इन्स्योरेन्सको ४३ अर्ब ७४ करोड रुपैयाँ, सूर्यज्योति लाइफ इन्स्योरेन्सको ३७ अर्ब ४१ करोड रुपैयाँ, मेट नेपाल लाइफको २९ अर्ब २५ करोड रुपैयाँ, सिटिजन लाइफ इन्स्योरेन्सको २१ अर्ब ६९ करोड रुपैयाँ लगानी रहेको छ ।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको २० अर्ब १२ करोड रुपैयाँ, आइएमई लाइफ इन्स्योरेन्सको १६ अर्ब ७६ करोड रुपैयाँ, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको १५ अर्ब ६६ करोड रुपैयाँ, सन नेपाल लाइफ इन्स्योरेन्सको ११ अर्ब ३८ करोड रुपैयाँ र रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ८ अर्ब ५४ करोड रुपैयाँ विभिन्न क्षेत्रमा लगानी रहेको छ ।

जीवन बीमा कम्पनीहरुले नेपाल बीमा प्राधिकरणको अनुमतिमा वाणिज्य बैंकहरुको मुद्दति निक्षेपमा चार खर्ब ९९ अर्ब ९१ करोड रुपैयाँ, नेपाल सरकारको बचतपत्र तथा ऋणपत्रमा तीन अर्ब पाँच करोड रुपैयाँ, पूर्वाधार बैंकको मुद्दति निक्षेपमा छ अर्ब ९७ करोड रुपैयाँ र विकास बैंकहरुको मुद्दति निक्षेपमा ४७ अर्ब ६५ करोड रुपैयाँ लगानी रहेको छ ।

समीक्षा अवधिमा जीवन बीमा कम्पनीहरुले कृषि उत्पादन तथा वितरण, शीत भण्डार, गृह, पर्यटन उद्योग, जलविद्युत, सौर्य ऊर्जालगायत वीकरणीय ऊर्जा परियोजना, केबलकार, सडक, विद्युत प्रसारण लाइन, शिक्षा र स्वास्थ्यमा आठ अर्ब ९८ करोड ५० लाख रुपैयाँ लगानी गरेका छन् ।

साथै, कम्पनीहरुले नागरिक लगानी कोष र म्युचुअल फन्डमा २ अर्ब ९२ करोड रुपैयाँ, इन्भेस्टमेन्ट कम्पनीको शेयरमा दुई अर्ब ५३ करोड रुपैयाँ, अन्य संस्थापक शेयरमा १५ अर्ब ५१ करोड रुपैयाँ लगानी गरेको छ ।

त्यस्तै, कम्पनीहरुको फाइनान्स कम्पनीहरुको मुद्दति निक्षेपमा ६ करोड अर्ब ६७ करोड रुपैयाँ, सूचीकृत पब्लिक कम्पनीको साधारण शेयरमा २५ अर्ब ७७ करोड रुपैयाँ, बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर, बन्ड, डिबेन्चर र ऋणपत्रमा ५४ अर्ब ९६ करोड रुपैयाँ र सूचीकृत पब्लिक कम्पनीको बन्ड, डिबेन्चर र ऋणपत्रमा १६ अर्ब ८४ करोड रुपैयाँ लगानी रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*