प्रचण्डले भने, ‘पाथिभरामा सरकारले जनतालाई दमन गरेको छ’

२४ माघ २०८१, बिहीबार १४:४४

काठमाडौं । प्रतिनिधि सभामा बोल्दै माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले पाथिभरा क्षेत्रमा केबलकार निर्माण रोक्न प्रदर्शन गरेका स्थानीयमाथि प्रहरीको गोली प्रहारलाई गम्भीर दमनको संज्ञा दिएका छन्। उनले जनताको आवाजलाई दबाउने होइनसंवाद र छलफलमार्फत समस्या समाधान गर्न सरकारलाई आग्रह गरे।

‘पाथिभराको विषयमा जनता माथि बल प्रयोग भएको छ । संवाद छलफल मार्फत समाधान खोज्नु पर्नेमा सरकारले जनतालाई दमनको बाटो रोजेको छ’ प्रचण्डले भने ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*