सिटिजन लाइफ इन्स्योरेन्सका उत्कृष्ट १३ जना अभिकर्ता ‘डाइमण्ड क्लव’मा छनौट

२४ माघ २०८१, बिहीबार १६:३३

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्सका १३ जना अभिकर्ताहरु आर्थिक वर्ष २०८०।०८१ क्को ‘डाइमण्ड क्लब’ मा छनौट भएका छन् । चालु आर्थिक वर्षको पुष मसान्तसम्मको अवधिमा डाइमण्ड क्लवमा क्वालिफाइड हुन् आवश्यक २७ लाख रुपैयाँ बराबरको व्यवसाय गरेर १३ जना उत्कृष्ट अभिकर्ताहरु छनौट भएका हुन् ।

यस अवधिमा पठारी शाखाकी तुल्सी कुमारी राजवंशी, भैरहवा ब्रान्चकी रिना बस्नेत, पठारी शाखाका दुर्गा बहादुर कार्की, महारागंज शाखाकी सर्मिला टण्डन्, जीतपुर शाखाका उत्सव थापा र जाजरकोट शाखाका योगेश्वर खत्री र पोखरा ब्रान्चकी रोजी पुन लगायतका अभिकर्ताहरु सिटीजन लाइफ इन्स्योरेन्सको डाइमण्ड क्लवमा छनौट भएका हुन् ।

त्यस्तै, महाराजगंज शाखाकी दुर्गा देवि केसी, बर्दाघाट शाखाकी सुनिता भट्टराई , बालाजु शाखाकी जमुना कडेल माझि, स्वयम्बु शाखाकी दिपा चापागाई, जनकपुर शाखाकी नविना बोहरा र सुर्यविनायक शाखाकी पबित्रा महत डाइमण्ड क्लवमा छनौट भएकी छन् ।

कम्पनीले आफ्ना सक्रिय अभिकर्ताहरुलाई आगामी दिनमा सिटिजन स्टारको लक्ष्य प्राप्त गर्न हौसला दिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*