गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ सूचिकृत, ओपनिङ रेञ्ज कति ?
२४ माघ २०८१, बिहीबार १६:३१

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको आइपीओ सूचीकृत भएको छ । बिहिबार गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ सूचिकृत भएको हो ।
नेप्सेमा कम्पनीको ७५ लाख कित्ता सेयर सूचिकृत भएको हो । कम्पनीको पहिलो कारोबारका लागि न्यूनतम १०० रुपैया ३४ पैसा देखि अधिकतम ३०१ रुपैंया ०२ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गरिएको छ । कम्पनीको स्टक सिम्बोल ‘जिएमएलआइ’ रहेको छ ।
कम्पनीले सर्वसाधारणको लागि वितरण गरेको (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामुहिक लगानी कोष र कर्मचारी समेत) २२ लाख ५० हजार कित्ता र कम्पनीका संस्थापक सेयरधनीहरूले लगानी गरेको ५२ लाख ५० हजार कित्ता गरेर कुल ७५ लाख कित्ता साधारण सेयर सूचीकृत गराएको हो ।
अब आइतबारदेखि कम्पनीको शेयर कारोबारमा आउनेछ ।













