नेप्से पुनःसंरचना नगरी नयाँ स्टक एक्सचेन्जको लाइसेन्स स्वार्थ समूहलाई दिने चलखेल भईरहेको छः बर्षमान पुन

२४ माघ २०८१, बिहीबार १८:२३

सांसद वर्षमान पुनले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स स्वार्थ समूहलाई दिने चलखेल भइरहेको बताएका छन्।

आज प्रतिनिधि सभाको बैठकमा बोल्दै पुनले सरकार नयाँ स्टक एक्चेञ्जको पुनःसंरचना गर्न छाडेर नयाँ स्कट एक्सचेञ्जको लाइसेन्स दिने होडबाजीमा लागेको बताए।

‘नेपाल धितोपत्रबाट नेपाल स्टक एक्सचेन्जको पुनःसंरचना गर्ने कुरा आएका छन् तर पुनःसंरचना भइराखेको छैन। नयाँ स्टक एक्सचेन्ज दिनको लागि तछाड मछाड चलिरहेको छ। यसमा केही स्वार्थ समूहका स्वार्थ देखिएका छन्। जनतालाई थाहा छ,’ उनले भने, ‘यो हामीसँग भएको नेपाल स्टक एक्सचेन्जलाई पुनःसंरचना गरेर बलियो बनाइयोस्। निजी क्षेत्रमा जानु पर्दा प्रतिस्पर्धाबाट जाने व्यवस्था होस्। जनताको खबरदारी छ। प्रमुख प्रतिपक्षदलको पनि खबरदारी रहेको छ।’

सरकारले समयमा विकास निर्माणको लागि ठेक्कासमेत लगाउन नसकेको उनले उल्लेख गरे। बजेटमा व्यवस्था विकास निर्माणका आयोजना तत्काल ठेक्का लगाएर सुरू गर्न उनले माग गरेका थिए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*