राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर

२४ माघ २०८१, बिहीबार १८:४७

काठमाडौँ । राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रिसवत लेनदेन गरी भ्रष्टाचार गरेको सम्बन्धी कसुरमा बिहीबार पौडेल र भारतीय नागरिक दिपक आनन्दविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो।

राष्ट्रिय सूचना प्रविधि केन्द्रद्वारा आव २०७४/७५ मा आह्वान गरिएको बोलपत्रको खरिदमा पौडेलसमेतले भ्रष्टाचार गरेको भन्ने उजुरी परेपपछि यस सम्बन्धमा अख्तयारले अनुसन्धान गरेको थियो । पौडेल र नेपालका लागि एफ ५ कम्पनीका प्रतिनिधि भारतीय नागरिक दिपक आनन्दको आपसी मिलोमतोमा केन्द्रलाई आवश्यक सामग्री खरिद घुस लेनदेन भएको पाइएको अख्तियारको भनाइ छ ।

पौडेलले तीन करोड आठ लाख पचास हजार चार सय रुपैयाँ घुस लिएको भन्दै अख्तियारले दुवै विरुद्ध तीन करोड आठ लाख पचास हजार चार सय रुपैयाँ बिगो र कैद जरिवाना सजाय माग गरेर मुद्दा दायर गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । अख्तिायरले घुस रिसवत जफत(असुल उपर हुन मागदाबी समेत लिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*