अर्थमन्त्री पौडेलद्वारा नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स बारे संसदमा प्रतिरक्षा

काठमाडौँ । अर्थमन्त्री बिष्णु पौडेलले नयाँ स्टक एक्सचेन्जको लाइसेन्सबारे प्रतिनिधि सभामा डटेर प्रतिक्षा गरेका छन् । मााओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अघि बढाएको नयाँ स्टक एक्सचेञ्जको प्रक्रिया अहिलेको सरकारले अघि बढाएको बताएका छन् । प्रतिनिधि सभामा आज सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।
उनले भने, ‘नयाँ स्टक एक्सचृेन्जको सन्दर्भमा प्रचण्ड सरकारकै पालामा नयाँ स्टकका लागि किन प्रक्रिया सुरु गर्नु भएको फेरी किन रोक्नु भयो रु यसको जवाफ दिनु पर्दैन ? प्रचण्ड सरकारले गरेको काम हामीले कार्यान्वयन मात्र गरेको हो ।’
अदालतले समेत नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया अघि बढाउन आदेश गरेको हुँदा सोहि अनुरुप अघि बढेको अर्थमन्त्री पौडेलले बताए । ‘अदालतले समेत नयाँ स्टक एक्सचेन्जलाई नरोक्नु अगाडि बढाउनु भनेको छ । अघिको सरकारले कस्को प्रभावमा परेर काम सुरु गरेको र फेरी किन रोकेको छ ? स्टकका लागि केहि संस्थालाई छनोट समेत गरेको थियो बीचमा कस्को प्रभावमा परेर रोकेको ?’ पौडेलले माओवादी अध्यक्ष प्रचण्ड र पूर्व अर्थमन्त्री वर्षमान पुनलाई संकेत गर्दै भने ।
अर्थमन्त्री पौडेलले नयाँ स्टक एक्सचेन्जको लाइसेन्सबारे सरकारले अघि बढाएको बिषयलाई डटेर प्रतिक्षा गरेका हुन् । आजैको संसदमा माओवादी अध्यक्ष प्रचण्डले नयाँ स्टक एक्सचेन्जबारे कुरा उठाएका थिए ।












