बोटलर्स नेपाल (तराई) को नगद लाभांश शेयरधनीको बैंक खातामा
२५ माघ २०८१, शुक्रबार १०:२३

काठमाडौं । बोटलर्स नेपाल (तराई) लिमिटेडले पुस २६ गतेको साधारणसभाले पारित गरेको ५० प्रतिशत नगद लाभांश सम्बन्धित शेयरधनीको बैंक खातामा पठाएको छ।
कम्पनीले हितग्राही खातामा शेयरधनीले उल्लेख गरेको बैंक खातामा आईपीएस मार्फत् माघ ६ गतेदेखि नै नगद लाभांश पठाइएको बताएको छ। साथै लाभांश रकम सिँधै बैंक खातामा नै पठाइने व्यवस्था भएकाले डिम्याट खातामा बैंक खाता अद्यावधिक नगराएका शेयरधनीलाई यथाशीघ्र गर्न आग्रह समेत गरेको छ।
शेयर धितो राखेर कर्जा लिएका शेयरधनीको हकमा कर्जा लिएको वित्तीय संस्थाबाट एनओसी लेटर वा फुकुवा पत्र पेश गरेपछि मात्रै नगद लाभांश पठाइने बताएको छ।












