सांग्रिला डेभलपमेन्ट बैंकमा शाखा प्रबन्धक माग, कति चाहिन्छ योग्यता?

२५ माघ २०८१, शुक्रबार ११:४८

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले शाखा प्रबन्धक पदका लागि केही संख्यामा आवेदन खुलाएको छ। बैंकले कोहलपुर (बाँके), यरी चोक (सुर्खेत) र लमही तथा भालुवाङ (दाङ) शाखा कार्यालयका लागि शाखा प्रबन्धक (अफिसर लेभल) को माग गरेको हो।

बैंकले स्नातक तह उत्तीर्ण (स्नातकोत्तरलाई प्राथमिकता) गरेका तथा कम्तीमा पाँच वर्षको बैंकिङ अनुभव भएको र तीमध्ये तीन वर्ष शाखा व्यवस्थापनमा अनुभव प्राप्त व्यक्तिहरूले आवेदन दिन सक्ने उल्लेख गरेको छ।

उम्मेदवारको उमेर आवेदन दिने अन्तिम मितिसम्म ४० वर्षभन्दा कम हुनुपर्नेछ। इच्छुक व्यक्तिहरूले बैंकको आधिकारिक वेबसाइट मार्फत् आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति फागुन ९ गते तोकिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*