राजेश कुमार श्रेष्ठको नेतृत्वमा पाँचथर पावरमा नयाँ सञ्चालक समिति चयन

२५ माघ २०८१, शुक्रबार १२:०१

काठमाडौँ । राजेश कुमार श्रेष्ठको नेतृत्वमा पाँचथर पावर कम्पनीले नयाँ सञ्चालक समिति चयन गरेको छ । कम्पनीको माघ २४ गते बसेको नवौं वार्षिक साधारण सभाबाट नयाँ सञ्चालक समिति चयन भएको हो।

श्रेष्ठ आगामी चार वर्षका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । संस्थापक समूहबाट रघु नाथ पुरी, हिमा तिम्सिना, यज्ञ प्रसाद चापागाईं र निश्चल खरेल सञ्चालक नियुक्त भएका छन् ।

यता, स्वतन्त्र सञ्चालकमा प्रकृति राज तिमिल्सिना र सर्वसाधारण समूहबाट साजन काफ्ले नियुक्त भएका हुन् । उनीहरुको कार्यकाल ४ वर्षका लागि हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*