डिजिटल भुक्तानीलाई निःशुल्क बनाउन सरकारको ध्यानाकर्षण आवश्यक: निशा डाँगी

२५ माघ २०८१, शुक्रबार १३:५३

काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक निशा डाँगीले प्रतिनिधि सभामा बोल्दै डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने सरकारको नीतिलाई व्यवहारिक बनाउनु पर्नेमा जोड दिएकी छन्।

उनले भनिन्, ‘सरकारले पटक-पटक विद्युतिय कारोबारलाई प्रोत्साहन गर्ने भनेको छ। तर यदि मैले नगदमार्फत कसैलाई १०० रुपैयाँ दिए कुनै पनि प्रकारको कर लाग्दैन र पैसा दिएबापतको अतिरिक्त शुल्क तिर्नु पर्दैन। तर, डिजिटल भुक्तानीमार्फत १०० रुपैयाँ कसैलाई दिनुपरेको खण्डमा भुक्तानी शुल्क र त्यसमा लाग्ने करसमेत जोड्दा १११.३ रुपैयाँसम्म तिर्नुपर्छ।’

डिजिटल कारोबारलाई यसरी महँगो बनाइनुले नागरिकहरू निरुत्साहित भइरहेको बताउँदै उनले सरकार र अर्थ मन्त्रालयलाई कर कटौती गर्दै निःशुल्क भुक्तानी प्रणालीको विकास गर्न ध्यान दिन आग्रह गरिन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*