सरकारको कारण हेटौंडा सिमेन्ट गम्भीर आर्थिक संकटमाः सांसद कंसाकार

२५ माघ २०८१, शुक्रबार १४:१२

काठमाडौँ ।  सांसद विन्दबासिनी कंसाकारले प्रतिनिधि सभामा बोल्दै २०३२ सालदेखि सञ्चालनमा रहेको नेपालकै पुरानो र प्रतिष्ठित सिमेन्ट उद्योग हेटौंडा सिमेन्ट गम्भीर आर्थिक संकटमा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्।

उनले भनिन्, ‘वार्षिक दुई लाख मेट्रिक टन सिमेन्ट उत्पादन गर्दै आएको यो उद्योग गत छ महिनादेखि पूर्ण रूपमा बन्द छ। मजदुरहरू दैनिक हाजिर भए पनि उत्पादन शून्य छ। आर्थिक संकटका कारण उद्योग थला परेको छ।’

सांसद कंसाकारले सरकारलाई औद्योगिक क्षेत्रलाई पुनर्जीवित गर्न तत्पर हुन आग्रह गर्दै भनिन्, ‘एकातिर सरकार उद्योग खोल्ने र रोजगारी दिने कुरा गर्छ, अर्कोतिर सिमेन्ट उद्योग बन्द गरेर ५०० मजदुर अन्योलमा पारेको छ। सरकारले तत्काल ध्यान नदिए यो उद्योग पूर्ण रूपमा बन्द हुने अवस्थामा पुग्नेछ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*