छोरालाई पास्नीको अवसरमा नेशनल लाइफको बीमा पोलिसी उपहार

२५ माघ २०८१, शुक्रबार १५:३१

काठमाडौँ । उपहारमै जोखिम रक्षावरण गर्ने बीमा पोलिसी पाउन थालेपछि पाउनेलाई पनि जीवनभर दिनेलाई पनि जीवनभर नै खुशी हुने भएन त ? पछिल्लो समय बीमा क्षेत्रमा लागेका बीमाकर्मीहरुले विभिन्न उत्सव, विवाह लगायतका पर्वहरुमा जिन्सी, सामान, गहना उपहार दिनुको सट्टा बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै आएको छ ।

यसैबीच सिन्धुली जिल्लाको मरिण गाउँपालिका–६ निवासी बुवा लक्ष्मण माझि र आमा अस्मिता माझीले आफ्नो छोरा बीमित ललित राज माझिको अन्नप्रासन (पास्नी)को अवसरमा बीमा पोलिसी उपहार दिएका छन् । उनीहरुले आफ्नो सन्तानको उज्वल भविष्यको लागि नेशनल लाइफ इन्स्योरेन्सको बाल अमृत–४ बीमा पोलिसी उपहार स्वरुप दिएका छन् । उक्त बीमा पोलिसी कम्पनीको सिन्धुली शाखा कार्यालयकी एजेन्सी म्यानेजर कन्चन माझीले हस्तान्तरण गरेकी हुन् ।

महंगा सुन, गहना तथा अन्य उपभोग्य बस्तुमा गरिने खर्च आफू मात्रै नभई आफ्ना भावी पुस्ताको लागि समेत उपयोगी हुने गरी जीवन बीमा पोलिसी उपहार दिने संस्कृति वास्तवमै मानव जीवनको लागि निकै महत्वपूर्ण छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*