किसानका लागि कर्जा प्रवाह गर्न चितवन दुग्ध उत्पादक सहकारी र प्रभु बैंकबीच समझदारी

काठमाडौँ । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेड र प्रभु बैंक लिमिटेडले किसान वर्गलाई लक्षित गरी ऋण कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर गरेका छन्। प्रथम राष्ट्रिय डेरी एक्स्पो २०८१ को उद्घाटन समारोहमा उक्त समझदारी भएको हो। समारोहको उद्घाटन कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरेका थिए।
सम्झौता पत्रमा चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेडको तर्फबाट अध्यक्ष किशोर बगाले र प्रभु बैंक लिमिटेडको तर्फबाट प्रदेश प्रमुख सांग्रीला श्रेष्ठले हस्ताक्षर गरेका छन्। यो सहमति दुग्ध उत्पादन तथा कृषिमा संलग्न किसानलाई सहज ऋण पहुँच पुर्याउने उद्देश्यले गरिएको हो।
हालसालै बैंक अफ द इयर २०२३ उपाधि प्राप्त गरेको प्रभु बैंक नेपालभर ३११ शाखा कार्यालय, २८४ एटीएम, र ६९ एक्सटेन्सन काउन्टरमार्फत करिब ३५ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।












