नेशनल लाइफ नुवाकोट शाखाको बनभोज भव्य रुपमा सम्पन्न

२७ माघ २०८१, आईतवार १०:३७

काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी नुवाकोट शाखाको बनभोज कार्यक्रम बिदुर नगरपालिका पोस्ट बहादुर बोगटी स्मृति पार्कमा भब्य रूपमा सम्पन्न भएको छ । शाखा कार्यालयमा आवद्ध रहेका अभिकर्ता तथा कर्मचारीको सहभागितामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

बनभोज कार्यक्रममा मनोरञ्जन्तात्मक एबम् प्रतिस्पर्धात्मक खेलकुद लगायत विविध कार्यक्रमसहित सम्पन्न भएको छ । गिलास हन्टिङ गेममा नुवाकोट शाखाका अभिकर्ता रामकृष्ण कोइराला २७ जना प्रतिस्पर्धि माझ प्रथम भए भने म्युजिकल चिएरमा बद्रीनाथ फुयालले प्रथम स्थान हासिल गर्न सफल भएका छन् ।

बिजेताहरुलाई नुवाकोट शाखाले पुरस्कारको समेत व्यवस्था गरेको थियो । बर्ष २०२५ एमडीआरटी बिजेता रबिन्द्र लामिछाने (नवीन एल्सि) लाई नेशनल लाइफ बिमक समिति नुवाकोटका जिल्ला अध्यक्ष जानुका आचार्य देबकोटाले एमडीआरटी केक सेलिब्रसन र नेशनल लाइफ बिमक समितिका प्रदेश सदस्य बिस्णु प्रसाद लामिछानेले नुवाकोट शाखा शाखा प्रमुख कृष्ण प्रसाद भट्टको पद्दोन्नति भएकोमा उनलाई पनि केक सेलिब्रेसन तथा खादा मालाबाट सम्मान कार्यक्रम राखिएको थियो।

कार्यक्रमलाई फलदायी र थप उर्जाशिल बनाउनको लागि पेशागत बिमा अभिकर्ता संघका केन्द्रिय उपाध्यक्ष दिपक अर्यालले बीमा जागरण, बीमाका आवश्यकता र अभिकर्तालाई थप व्यावसायिक र सफल बनाउनको लागि उत्प्रेरणा जगाउने मन्तव्य समेत राखेका थिए ।

सास्कृतिक कार्यक्रम तर्फ पेशागत बीमा अभिकर्ता संघ बागमती प्रदेश समितिका उपाध्यक्ष बिनोद कोइरालाले गायन तथा हास्य व्यंग्य तर्फबाट मनोरञ्जन प्रदान गरेका थिए । उक्त कार्यक्रमको सन्चालक टीका सापकोटाले गरेका थिए भने पिकनिक संयोजकमा राम प्रसाद रिजाल रहेका थिए ।

आगामी दिनमा नेशनल लाइफ नुवाकोट शाखामा थप व्यवसाय बृद्धि गर्ने प्रतिबद्धतासहित उत्साहजनक उपस्थितिमा कर्यक्रम सम्पन्न भएको शाखा कार्यालयले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*