लगातार चौंथो दिन समेत घट्यो बजारः कारोबार समेत सुस्त, किन प्रभावित मार्केट ?

काठमाडौँ । लगातार चौथो दिन समेत शेयर बजार ओरालो लागेको छ । लगानीकर्ताको मनोबल माथि उठ्न नसक्दा बजार ओरालो लागि रहेको हो ।
समग्रमा हेर्दा बजारमा अल्पकालीन कारोबारी हावी भएको देखिन्छ । उनीहरुले अलिकति नाफा हुँदा बेचिहाल्ने र पुनः खरिदका लागि थप मूल्य सस्तो हुने आशामा पर्खिने प्रवृत्ति हुने भएकाले बजारमा त्यसको केही प्रभाव पर्ने गरेको देखिन्छ । तर समग्रमा हेर्दा भने नेप्से साइडवेजमा देखिएको छ
पछिल्लो समय कारोबार रकम भने समग्रमा उत्साहप्रद रहेको छ । जसले गर्दा बजार माथि आउने अपेक्षा गरीएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.४९ अकंले घटेर २६८८.३१ बिन्दुमा कायम भएको छ । ३०५ कम्पनीको १ करोड ५८ लाख ५१ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ३८ करोडको शेयर कारोबार भएको छ ।
यसदिन ९ समूहको शेयर राताम्य भएको छ । आइतबार बैंकिङ समूहको ०.३५ प्रतिशत, विकास बैंक समूहको १.३५ प्रतिशत, होटल तथा पर्यटन समहको ०.२४ प्रतिशतले शेयर मूल्य घटेको छ।

आज ६८ कम्पनीको शेयर मूल्य बढ्दा १६८ कम्पनीको घटेको छ ।












