बालेनलाई लक्षित गर्दै प्रभु शाहले भने, ‘अदालतको आदेश विपरित पटक–पटक गुण्डागर्दी भयो’
२७ माघ २०८१, आईतवार १५:२९

काठमाडौँ। आम जनता पार्टीका सांसद र पूर्व मन्त्री प्रभु शाहले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको गुण्डागर्दी नियन्त्रणमा सरकारको असक्षमता बारे गम्भीर आपत्ति जनाएका छन्।
आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शाहले बालेन शाहको नेतृत्वमा काठमाडौंका कवाडी मजदूर र व्यवसायीमाथि बारम्बार आक्रमण भएको आरोप लगाएका छन्। उनले टेकुमा कवाडीको काम गर्ने श्रमिकमाथि महानगर प्रहरीको टोलीले आक्रमण गरी गम्भीर घाइते बनाएको भन्दै अदालतको आदेशको उल्लङ्घन गर्दै गुण्डागर्दी भएको बताए।
आइतबारको महानगर प्रहरीको लाठी चार्ज र आक्रमणका कारण चार श्रमिक घाइते भएका थिए।













